काठमाण्डौ, पुस १ ।  रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले पराजित भएपछि राजीनामा दिनुभएको हो ।

उहाँले आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको छ । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घोषणा गर्नुभएको थियो । यसैबीच कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय