काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे २ हजार ९ मत ल्याउँदै विजयी भएका छन् । उनी डा। शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए।

उनीसँग प्रतिस्पर्धामा रहेका जीवनबहादुर शाहीले भने १८ सय ५२ मत मात्रै पाएका छन् । उनी शेरबहादुर देउवा समूहबाट उम्मेदवार थिए। सो समूहबाट उम्मेदवार बनेका चेतराज बजालले ७५ मत पाएका छन् भने ४९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय