नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना आज आइतबार साँझ सम्पन्न भएको छ ।
उम्मेदवारी दिएका ९९ मध्ये ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यमा अत्यधिक मत ल्याएर डा. शशांक कोइराला निर्वाचित भएका छन् ।
उनीपछि एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक , ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा पर्न सफल भएका छन् ।
यस्तै, केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत , बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल रहेका छन् ।
यसैगरी राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य गरि ३५ जना कांग्रेसको केन्द्रीय सदस्यमा चुनिएका छन् ।