सिन्धुली । नेकपा (एकीकृत समाजवादी ) दुधौली नगरपालिकाको भेला शनिबार सपन्न भएको छ । भेलाबाट मुक्तिनाथ काफ्लेको अध्यक्षतामा ९१ सदस्यिय दुधौली नगर कमिटी गठन भएको हो ।
भेलालाई एकीकृत समाजबादिका पोलिटब्युरो सदस्य गङ्गाप्रसाद नेपालले सम्बोधन गर्नु भएको थियो । भेलालाई सम्बोधन गर्दै नेता नेपालले सच्चा क्रान्तिकारी कम्युनिस्टहरु नेकपा एकीकृतमा गोलबन्द हुनुको बिकल्प नरहेको भन्दै सबैलाई समाजबादी अभियानमा गोलबन्ध हुन आग्रह गर्नुभयो ।
यस्तै भेलाले उपाध्यक्षमा बलभद्व धामी , सचीवमा हरि बराल , सहसचिवमा ज्ञानेन्द्र बास्तोला , रामशरण घिसिङ , राजु दाहाल , लगायत अन्य सदस्य चयन भएका हुन ।
भेलालाई नेकपा एस केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज शान्ता पाख्रिन , जिल्ला अध्यक्ष सुर्य पाख्रिन लगायतको उपस्थितिमा सप्पन्न कार्यक्रमको सन्चालन धुर्व निसान पहाडी र मुक्तिनाथ काफ्लेको अध्यक्षमा समपन्न भएको नेकपा एस सिन्धुली जिल्ला कमिटी सदस्य कुशल बुढाथोकीले जानकारी दिए ।