दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले शहिदहरुको फोटोमा माल्यार्पण गरी शहिद दिवस मनाएको छ । राप्रपा जिल्ला कार्य समिति दार्चुलाले पाटी कार्यालयमा शहिद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रि र दशरथ चन्दको फोटोमा माल्यार्पण गरि शहिद दिवस मनाएको राप्रपा जिल्ला अध्यक्ष बिर सिह बडालले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ४ लाई नहटाउन्जेल सम्म आफुहरु संविधानको खिलापमा रहेको भन्दै उहाले धर्मनिरपेक्ष राष्ट्र हुनुपर्ने बताउनुभयो । नेपाल सरकार र अन्य ठुला राजनीतिक दलहरुले देशको लागि वलिदान गरी रगत बगाएका शहिदहरुको लागि एक दिन सार्बजनिक विदा र कुनै औपचारीक कार्यक्रम नगर्नु आफैमा दुखःद भएको बताउनुभयो । कार्यक्रम राप्रपा जिल्ला अध्यक्ष वीर सिह बडालको अध्यक्षता तथा विवेकशिल साँझा पाटीका जिल्ला अध्यक्ष चक्र बहादुर बमको प्रमुख आतिथ्यता रहेको थियो ।