दार्चुला भाद्र ०१ । दार्चुलाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका ९२ वटा खोपकेन्दहरु आजदेखी कोभिसिल्डको दोस्रोडोज खोप लगाइदैँ छ । यसका लागि स्वास्थ्य कार्यालय दार्चुलाले आइतबार र सोमबार हिजो जिल्लाका ९ वटै स्थानीय तहमा कोभिसिल्डको दोस्रोडोज खोप पठाएको जनाएको छ ।
जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका खोपकेन्द्रहरुमा खोप पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र राज भट्टले जानकारी दिनु भयो । जिल्लाको शैल्यशिख नगरपालिकामा २ हजार ३३० जनाको लागि खोप पठाइएको छ भने मालिकार्जुज गाउँपालिकामा १ हजार ८४० जनाको लागी खोपको डोज पाठाईएको छ ।
यस्तै जिल्लाको मार्मा गाउँपालिका तथा लेकम गाउँपालिकामा समान १ हजार ६८० अपि हिमाल गाउँपालिकाका लागि ८ सय डोज तथा नौगाड गाउँपालिकाका दुईवटा ठाउँका लागि ७ सय ५० डोज खोप पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सोमबार हिजो जिल्लाको व्यासँ गाउँपालिकामा १ हजार ४ सय डोज खोप पठाइएकोे छ भने दुहुँ गाउँपालिकामा १३ सय तथा महाकाली नगरपालिकामा २ हजार डोज खोप पठाइएको स्वास्थ्य कार्यालयको तथ्याङक रहेको छ । आजवाट ३ गते विहिबार सम्म जिल्लाभर कोभिसिल्डको दोस्रोडोज खोप लगाइने कार्यक्रम तय भएको जनाईएको छ । जिल्लामा झण्डै १४ हजार ५ सय जना ५५ वर्षमाथिका सबै व्यतिmहरुलाई कोभिसिल्डको दोस्रो डोज लगाउने तयारी भइरहेको वताईएको छ । यसका लागि सुदुरपश्चिम प्रदेश सरकारले जिल्लामा १५ हजार कोभिसिल्डको खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
हालसम्म दार्चुलामा ३६ हजार सात सय ७९ जनाले विभिन्न खोपको पहिलो मात्रा खोप लगाउन पाएका छन । दार्चुलामा कोभिसिल्डको पहिलो मात्रा १७ हजार ३ सय १५ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो । कोभिसिल्डको दोस्रो डोज २ हजार ६ सय ७९ जनाले लगाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs