काठमाडौं भदौ १। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरुको भेला चल्दै गर्दा केपी ओली पक्षका सांसद सिंहदरबारमा पुगेका छन् । वरिष्ठ नेता नेपालले मंगलबार बिहान आफूपक्षीय नेता तथा सांसदहरुसँग कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । नेता नेपाल आफूपक्षीय नेताहरुसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिए लगत्तै ओली पक्षका सांसदहरु कृष्ण प्रसाद दाहाल, नवराज सिलवाल, गणेश पहाडी र सूर्य पाठक सिंहदरबार पुगेका थिए ।
सांसद पहाडीले आफूहरु मध्यस्थता गर्न आएको प्रतिक्रिया दिए । ‘हामी मध्यस्थता गर्न आएका हौ अरु केही होइन’, पहाडीको प्रतिक्रिया थियो ।उनीहरुले नेपाल पक्षका दिपक प्रकाश भट्ट, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार पवित्रा निरौला, झपट रावल लगायतसँग छलफल गरिरहेका छन् । एमालेमा बढेको विवादपछि पार्टी विभाजनतर्फ उन्मुख भएको छ । सरकारले आजै दल विभाजनसम्बन्धी खुकुलो अध्यादेश ल्याइसकेको छ ।
सोही अध्यादेशका आधारमा नेता माधव कुमार नेपाल समुहले निकट भविष्यमा नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । एमाले विभाजन हुने निश्चित भएपछि एमालेका केही नेता तथा सांसदहरुले ओली कि माधव पक्षमा लाग्ने भन्ने निर्क्योल गर्न सकेका छैनन् । यस्तो अवस्थामा ओली पक्षका सांसदहरुले माधव पक्षको भेलामै पुगेर ओलीको पक्षमा ल्याउने प्रयास गरेको बुझिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs