काठमाडौँ । युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म झन्डै १० हजार रुसी सैनिक मारिएको रुसको सरकार समर्थित एक वेबसाइटले उल्लेख गरेको छ। सोमबार कोम्सोमाल्स्कायाले रुसको रक्षा मन्त्रालयलाई उल्लेख गर्दै ९ हजार ८६१ रुसी सैनिक युद्धका क्रममा मारिएको उल्लेख गरेको हो।
केही समयपछि हटाइएको उक्त पोस्टमा १६ हजार १५३ सैनिक घाइते भएको उल्लेख छ। पछि उक्त पोस्टको विषयमा स्पष्टीकरण दिँदै कोम्सोमाल्स्कायाले साइबर आक्रमणको कारण यस्तो पर्न गएको उल्लेख गरेको छ। वेबसाइट ह्याक गरी गलत सूचना राखिएको कम्पनीले बताएको छ।
गत मार्च २ यता रुसले आधिकारिक रुपमा मृत्यु भएका रुसी सैनिकको जानकारी सार्वजनिक गरेको छैन। रुसले अहिलेसम्म आफ्ना ४९८ सैनिक मारिएको मात्र पुष्टि गरेको छ। युक्रेनले भने अहिलेसम्म १५ हजारभन्दा धेरै रुसी सैनिक मारिएको दाबी गरेको छ। नेपालखबर
