प्रदेश २ भाद्र ११ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद्‍ विस्तार गरेका छन्। आज मुख्यमन्त्री भीम आचार्यले २ जना मन्त्री थपेका हुन् । आचार्यले आज बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाइएको छ । तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणको जिम्मेवारी दिइएको छ । ताप्लेजुङका साम्सोहाङ भने सामाजिक विकास मन्त्री बनेका छन् । यसअघि माधव नेपाल समूहमा रहेका उनीहरू नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् । सुरुमा तीन मन्त्री बनाउने कुरा भए पनि दुईजनाको नाममा सहमति भएको हो। आचार्यले बिहीबार मात्रै मुख्यमन्त्रीको शपथ लिएर काम थालेका थिए। संखुवासभाका सांसद तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउन दबाब थियो। यी नामबारे पनि छलफल भइरहेको मुख्यमन्त्री आचार्यनिकट एक नेताले बताएका छन् । साभार अन्नपुर्ण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय