काठमाण्डौ भदौ २२ । पपुवा न्युगिनी ९पीएनजी० सँगको पहिलो एकदिवसीय खेलमा नेपालले खराब प्रदर्शन गरिरहेको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले २८ ओभरको खेल सकिँदा सात विकेट गुमाएर ८२ रन बनाएको हो । पहिलो विकेट ४६ रनमा गुमाएको नेपालले त्यसपछि ३६ रन जोड्दा ६ विकेट गुमाएको हो । नेपालका आसिफ शेखले ३० र कुशल भुर्तेल १५ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९, शरद भेषवाकर ६, कुलशल मल्ल १ र पवन शर्राफ शून्य रनमा आउट भए । यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । साभार उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय