डडेल्धुरा । डडेल्धुरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका– ५ तुफानडाँडामा घरको छतबाट खसेर ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो ।
बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट बताएका छन ।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरी धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
