धनगढी: सुमनराज पौडेलको शब्द र श्रीकान्त राना क्षेत्रीको संगीतमा नयाँ गीत बजारमा आएको छ। लामो समय देखि गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल बैतडी डिलासैनीका श्रीकान्त राना क्षेत्री र इब्सल सन्ज्यालको आवाजमा नयाँ गीत हारेको जिन्दगी बजारमा आएको छ। गीतको शब्द सङ्कलन सुमनराज पौडेल ले गरेका छन्।
उक्त गीतको भिडियोमा अभिनयमा पनि श्रीकान्त राना क्षेत्री र इब्सल सन्ज्यालको नै रहेको छ। मालाश्री रेकर्डिङ स्टुडियोबाट रेकर्डिङ गरेको उक्त गीतको भिडियोको निर्देशन दीपक पन्तले गरेका छन् भने उक्त म्युजिक भिडियोको क्यामेरा,कलर डिजाइन र सम्पादन ओम प्रकाश अवस्थीले गरेका छन दृश्य निर्माण लाल्टिन पिक्चर नयाँ बानेश्वरले गरेको हो। हारेको जिन्दगी गीतको म्युजिक भिडियो सुमनराज पौडेलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
चर्चित गायक, कलाकार तथा संगीतकार क्षेत्रीले यो भन्दा आगाडि पनि विभिन्न गीतहरूमा आवाज दिइसकेका छन्। केही समय अगाडि बजारमा ल्याएको गीत केही गर्नुछ देशका लागि असल भक्तले पनि उनको एक चर्चित गीत हो
