काठमाडौं- साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबार प्रवेशलाई सहज बनाउन अनलाइनमार्फत विद्युतीय पासको व्यवस्था गरिने भएको हो ।
उनका अनुसार गृह मन्त्रालयसँग सम्बन्धित वेबासाइट घरमै लगइन गर्ने, पासका लागि फारममा परिचय पत्रलगायतका आवश्यक विवरण भर्ने र स्वीकृत भएपछि त्यसको तस्विर वा स्क्रिनसट लिएर सिंहदरबार प्रवेश गर्न सकिनेछ । यसका लागि स्मार्ट युजरको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
सुरक्षालाई थप व्यवस्थित गर्न यसो गरिएको हो भन्ने जिज्ञासामा उनले सुरक्षा व्यवस्थाका लागि प्रवेश पास सँगसँगै नियमित चेकजाँच यथावत् हुने जानकारी दिए।
