दार्चुला–शुक्रबार राती भएको अबिरल वर्षाका कारण सडकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तरगत पर्ने दार्चुला–गोकुलेश्वर सडकखण्ड अबरुद्ध भएको छ । वर्षाका कारण महाकाली नगरपालिका–५ स्थित ठड्याकाठा भन्ने स्थानमा सडक माथीबाट पहिरो खस्दा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । आज विहान करिव १०ः३० बजेतिर पहिरो खस्दा सडक अबरुद्ध भई सवारी आवागमन बन्द भएको बताइएको छ । उक्त स्थानमा ३÷४ दिन देखी लगातार रुपमा पहिरो खसिरहेको छ । अबरुद्ध सडक खुलाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।
