दार्चुला–जिल्लाको मार्मा गाउँपालिका हुँदै अपिहिमाल गाउँपालिकालाई जोड्ने पारिबगड–खण्डेश्वरी सडकखण्ड विगत तीन देखी अबरुद्ध रहेको त्याँहाका स्थानीयले बताएका छन् । साउन २५ गते सडक माथीबाट खसेको पहिरोका कारण सडक अबरुद्ध भएको अपिहिमाल गाउँपालिकाका स्थानीय सोभन सिंह लोथ्यालले जानकारी दिनुभयो । मार्मा गाउँपालिका–१ रबादेमा खसेको पहिराले ३० मिटर सडकखण्डलाइ पुरेको उहाँले बताउनुभयो ।सडकको पहिरो हटाइ सूचारु गर्ने तर्फ सम्बन्धित निकायको ध्यान नगएको प्रति उहाँले आक्रोस व्यक्त गर्नु भयाे । सडक अबरुद्ध हुँदा अपिहिमाल गाउँपालिकाका सबै (६ वटै) वडाका नागरिकहरुलाई आवत–जावतमा निकै समस्या भएको बताइएको छ । पहिरो खसेको ठाउँबाट २÷३ घण्टा पैदल हिडेपछि मात्रै मकरीगाड पुगिने उहाँले बताउनुभयो । सडक अबरुद्ध हुँदा उक्त ठाउँमा कुनैपनि सवारीका साधनहरु चल्न नसक्दा अपिहिमाल गाउँपालिकाका नागरिकलाई अत्यावश्यक समान ढुवानी तथा बिरामीहरुलाई अस्पताल लैजान समेत समस्या सिर्जना भएको उहाँले बताउनुभयो । पहिराे संगै ठुलठुला ढुंगाहरु खसेर सडक अबरुद्ध भएकाे बताइएकाे छ । बिटुले पारिबगड सडक अन्तरगत पर्ने उक्त सडकखण्ड सडक डिभिजन कार्यालय बैतडी मातहत रहेको बताइएको छ । दार्चुला एफएमबाट
