काठमाडौं – धेरैपछि आज बिहान काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएपछि अधिकांश कलेज तथा स्कुलहरुले बिहानी कक्षा स्थगित गरेका छन् ।

आज अर्थात मंगलबार बिहान ६ः५० बजे नेपाल–चीन सीमाना तिब्बतको दिंगो कान्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्नेच्युडको भूकम्पको धक्का काठमाडौंसहित नेपालका प्राय धेरै ठाउँमा महसुस गरिएको थियो ।
२०७२ साल सम्झाउने गरी भूकम्पको धक्का महसुस गरिएपछि मानिसहरुको भागाभाग भएको थियो । एकाबिहानै भूकम्पको ठूलो धक्का महसुस गरिएपछि काठमाडौँका विद्यालय÷कलेजहरुले बिहानी कक्षा स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय