दार्चुला – नौगाड गाउँपालिका–५ मा पानी बोक्ने ट्याङ्करको ठक्करबाट ५५ वर्षीय हरिश सिंह ऐरीको मृत्यु भएको छ। आइतवार दिउँसो साढे ३ बजे गोकुलेश्वर–नौगाड भित्री सडकखण्डमा सडकछेउमा लम्पसार परेका ऐरीलाई बा ३ क २३९९ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो।

ब्रज ग्रुप कन्ष्ट्रक्सनको उक्त ट्याङ्करले ठक्कर दिँदा ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए।

ट्याङ्कर चालक संखुवासभाको चैनपुर नगरपालिका–७ का २४ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय