भारतले पछिल्लो समय नेपाली सिमाना मिच्दै दार्चुलामा नेपाली भूमिमा स्काईभेटर चलाएको खबरले मर्माहत भई शंकर दत्त जोशीले देश र जनताको आवाज बुलन्द गर्दै लेखेको देउडा रचना:
साच्चै होकि भारतले, सिमाना मिचेको।
दादा गिरि गर्या होकि, नेताले बेचेको।।
नेपालका बिर पुर्खा, भोक प्यासै लडेका।
तिन्कै लासमा टेकि नेता, अगाडि बडेका।।
पानि खुबै जङ्गल खुबै, क्या राम्री उल्बारी।
तिन करोड जन्ता बस्न्यात, यो हाम्री फुलबारी।।
रोयाका छन् जन्ता सबै, कालि देखि मेची।
नेता मिलि खान लाग्या, सान सिमाना बेची।।
नेपालका नेतानु लाई, सिमा मिच्या थाहाँ नाइ।
बिरोध गर्ने हिम्मत नाइ, वापिस ल्याउन्या चाहा नाइ।।
नेपालमा राजनीति, उसाइ छन् आजपनि।
नेपालका डाका मिलि, खाइ सक्यो राजधानी।।
देशका रक्षक कुटिनु छ , सिमा मिच्निुछ।
जो इन्का विरुद्धब बोल्छ, झेल खिच्निुछ।।
देश चलाउन्या निको कोइत, चेलोत आइझा।
देश द्रोही भष्टाचारी, निक्करि दाइझा।।
हात फोडि पसिना बगइ, कर हामि तिरेका।
देखद्दाईनौकि सिमना मिच्या, का छौब छिरेका।।
आफ्नो घर बिरानो गर्या, बेचि खाए नाका।
यिनरी अप्तालि होइझाउ, देस बेचुवा डाका।।
ल हेर तिन करोड जन्ता, दुःखै छौ खेप्याको।
देख दैनकि नेपाली जन्ता, भारतले हेप्याको।।
न्युज च्यानल मा देखायाको, क्यामरामा खिच्याको।
सरकार ले देखेन होकि, सात सिमाना मिच्याको।।
उजूरी चाइना का नाउँमा जिउँ मारा केशको।
मुख देखि मरन भैग्यो आफना देशको।।
कानुन छ हत्घडी लाउन्या अधिकार मागुत।
भुण सरकार देखा बाटो कै देश भागुत।।
जो आगे उसैको पाखे पैंसा देर भाका।
छदै छन्न कानुन किन्न्या बर्दि बाला डाका।।
समातेर देश बेचुवा हाल्नुपर्ने खोरमा।
सब जन्ता चिच्याउनै पर्छ एब एउटै सोरमा।।
बेचिन्छ कानुको धारा हजारौं नोटमा।
मलम लाउन्या सासन छैन दुखीको चोटमा।।
खाएर चौरासी व्यञ्जन निन सुत्छौ चैनकि।
कि जन्तालाई न्याय माग्ने नियम छैनकि।।
सम्बिधान र नियम कानुन एउटै हुनु पर्ने।
मेरा देशमा नेता हास्ने जन्ता रुनु पर्ने।।
नियम कानुन संबिधान सँग जनता जुझिदैछ ।
मेरा देश्मा नेताको निति बल्ल बुझिदैछ ।।
निर्दोषी लाइ सजायँ हुन्छ अपराधि अम्काउन ।
बुझेका छौ कमजोर जनता जान्या छौ धम्काउने।।
जुट्दैछन् शोषित पीडित बनाउदै समाज।
जन्ता भन्छ न्याय चाहियो एउटैछ आवाज।।
पुण्यभूमि नेपालमा राबणको नास हुन्छ।
लेखी राख ए पापी तेरो घोरनर्क बास हुन्छ।।
✍️ शंकर दत्त जोशी देउडिया
सुदूरपश्चिम दार्चुला लेकम ५ मैखोली अम्कुरु

