बैतडी – बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित छेपट्टामा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्। दार्चुलाको गोकुलेश्वरबाट गन्नातर्फ जाँदै गरेको से १ ज १०६१ नम्बरको जिप आइतबार राति करिब १०:३० बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूका अनुसार जिप सडकबाट झण्डै ५० मिटर तल खस्दै चौलानी नदीको किनारमा पुगेको थियो। दुर्घटनामा डिलासैनी गाउँपालिका–२ का चालक बसन्त घरडी घाइते भएका छन्।

जिपमा चालकबाहेक अन्य कोही यात्रु नरहेको प्रहरीले जनाएको छ। घाइते घरडीको गोकुलेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको छ। टाउकोमा चोट लागेका घरडीको अवस्था अहिले सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय