दार्चुला — दार्चुलाको महाकाली नगरपालिका–५ की ३५ वर्षीया मानमती बडूको भीरबाट लडेर मृत्यु भएको छ ।

ठड्याकाठा भन्ने स्थानमा खर काट्ने क्रममा लडेकी उनलाई गम्भीर घाइते अवस्थामै प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो । तर, उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार घटनापछि तुरुन्तै उद्धार गरिए पनि उनको ज्यान जोगाउन सकिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय