दार्चुला ।दार्चुलामा स्थानीय तह तथा कृषि ज्ञानकेन्द्रबाट सञ्चालित पकेट तथा ब्लक विकास कार्यक्रमको प्रगति समिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ दार्चुलाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको सभाहलमा कार्यक्रम सम्पन्न भएको परियोजना प्रमुख कमल तामाङले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/०८२ मा स्थानीय तह तथा कृषि ज्ञानकेन्द्रद्वारा सञ्चालित विभिन्न पकेट तथा ब्लक कार्यक्रमहरूको कार्यान्वयन र उपलब्धिबारे समिक्षा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख शिद्दराज उपाध्याय, जिल्लाका ९ वटै स्थानीय तहका कृषि तथा पशु प्राविधिकहरू, स्याउँ, ओखर तथा सुन्तलाजोन सञ्चालन समितिका संयोजकलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय