दार्चुला — अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाले चालु आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न शीर्षकबाट संकलन गरेको राजस्व विवरण सार्वजनिक गरेको छ। कार्यालयले पर्यटन, पदयात्रा, प्रशासनिक सेवा, वनसम्बन्धी अन्य आम्दानी र रोयल्टीमार्फत गरी कूल १६ करोड ४५ लाख ४२ हजार ४५ रुपैयाँ राजस्व संकलन गरेको हो।

सूचना अधिकारी मनोज अवस्थीका अनुसार, पर्यटन शुल्कबाट ६६ लाख १० हजार ५२९ रुपैयाँ, पदयात्रा शुल्कबाट १५ हजार ३९७ रुपैयाँ, प्रशासनिक सेवा शुल्कबाट ५१ लाख ७२ हजार ५ सय रुपैयाँ, वन क्षेत्रको अन्य आम्दानीबाट ११ लाख ७१ हजार १ सय ५० रुपैयाँ र रोयल्टीबाट १५ करोड १३ लाख ८ हजार ८१७ रुपैयाँ आम्दानी भएको छ।

कार्यालयको बेरुजु रकम २ हजार २ सय ५० रुपैयाँ रहेको समेत उल्लेख गरिएको छ। संरक्षण क्षेत्रभित्र विभिन्न कारणले क्षति व्यहोरेका नागरिकलाई राहतस्वरूप मानविय क्षतिपूर्ति अन्तर्गत ६४ हजार ५५२ रुपैयाँ, पशुधन क्षतिपूर्तिमा १३ लाख ५८ हजार रुपैयाँ तथा अन्नबाली क्षतिमा २ लाख ४४ हजार रुपैयाँ वितरण गरिएको छ।

राजस्व संकलनसँगै प्रभावित समुदायलाई राहत वितरणमार्फत संरक्षण क्षेत्रले समुदायमैत्री पहललाई निरन्तरता दिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय