दार्चुला । अपिहिमाल गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर । अपिहिमाल गाउपालिका र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड काठमाडौं बिच सम्झौता भएको हो । अपिहिमाल गाउँपालिका भरिका किसानहरुले उत्पादन गरेका रैथाने बालिहरु फापर,कोदो जौ, कागुनो चिनो र दलहन बाली सिमि ,घ्यु सिमि , राज्मा रातोसिमी लगायतका दलहन बालिलाई स्थानीय किसान सहकारीबाट खरिद गरि अपिहिमाल गाउँपालिकाले संकलन भण्डारण र प्रसोधनको व्यवस्था समेत गर्ने भनि सहमति पत्रमा उल्लेख गरिएको छ ।

अपिहिमाल गाउँपालिकाले संकलन गरि प्रसोधन गरेका खाद्य बस्तुलाई गुणस्तरिय बनाएर काठमाडौं लगायतका प्रमुख सहरका उपभोक्तालाई लाभ पुर्याउने गरी बजारीकरण गर्न दुई पक्षको आपसी सहमतिमा मूल्य निर्धारण गरिने सम्झौता पत्रमा भनिएको छ । प्याकेजिङ र बजारीकरणमा खर्च खाद्य व्यवस्था तथा ब्यापार कम्पनी काठमाडौंले गर्ने गरि सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष भगत ठेकरे बोहरा र उपाध्यक्ष देवकी देबि बोहरा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द र विभागीय प्रमुख भिम बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेको गाउँपालिका अध्यक्ष बोहराले बताए ।

अपिहिमाल गाउँपालिका र आसपासका क्षेत्रका किसानले उत्पादन गरेका स्थानीय बालिलाई ब्राण्ड बनाई बजारमा पुर्याउन सकेमा स्थानीय किसान उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिल्ने छ । अपिहिमालका भेडा च्याँङ्ग्रालाई सम्भाब्यता बजारको अध्यन गरि सोहि कम्पनीले खरिद बिक्री गरिदिने सम्झौता पत्रमा उल्लेख गरिएको अध्यक्षले बताए । स्थानीयस्तरमा उत्पादन हुने बस्तुलाई बजारीकरण गर्न सकेमा कृषि क्षेत्रमा लगानी गर्नेको हौसला मिल्ने अध्यक्ष बोहराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय