दार्चुला : मालिकार्जुन गाउँपालिका ले किसानको आयआर्जन वृद्धि तथा व्यावसायिक भैंसीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५९ वटा मुर्रा भैंसी वितरण गरेको छ।

गाउँपालिकाको उत्पादनमुखी कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा नं. १, २, ३, ४ र ८ का किसानलाई मुर्रा भैंसी हस्तान्तरण गरिएको हो। यस कार्यक्रममार्फत किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष हिरासिंह धामी का अनुसार स्थानीयस्तरमा दूध उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको जीवनस्तर उकास्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ।

गाउँपालिकाले कृषि र पशुपालनलाई आयआर्जनको भरपर्दो आधार बनाउने नीति अनुरूप आगामी वर्षहरूमा समेत यस्ता उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय