प्रेमराज जोशी दार्चुला असोज ०४ । प्राज्ञिक विद्यार्थी परिषद, नेपाल दार्चुलाले जिल्ला अस्पतालमा भएका कमि कमजोरीहरु लाई औल्याउँदै सच्चिन आग्रह गरेको छ । सोमवार प्राज्ञिक विद्यार्थी परिषद, सुदुरपश्चिम प्रदेश अध्यक्ष महेश राज भट्ट, र जिल्ल्ला संयोजक नविन जोशी लगायतको टोलीले जिल्ला अस्पताल दार्चुला पुगी अस्पताल विकास समिति अध्यक्ष दलजित सिह धामी, जिल्ला अस्पताल दार्चुलाका प्रशासन प्रमुख आन सिह डागा र निमित्त प्रमुख डा पुजा वंम लाई भेटी अस्पतालमा भएका कमिकमजोरी औल्याएको छ ।
अस्पतालको दरवन्दि अनुसार कर्मचारीको पदपुर्ति गर्नुपर्ने, अस्पतालले खरिद गर्नुपर्ने औषधिको उपभोग्य मिति कम्तिमा पनि १ वर्षको हुनुपर्ने, ईमेरजेन्सिवार्डमा १ जना डाक्टर २४ सै घण्टा उपलब्ध हुनुपर्ने, ओ.पि.डी सेवा विहान ठिक १० वजेवाट संचालन हुुनुपर्ने, अस्पतालको आफ्नै फार्मेसीवाट औषधी उपलब्ध हुनुपर्ने, ईमेरजेन्सिमा पनि स्वास्थ्य विमा लागु हुनुपर्ने, प्रयोगशालाको सुल्क सुलभ हुनुपर्ने, प्रशासनिक कमजोरीले स्वास्थ्य कर्मचारीवाट पाईने सेवा ढिलो हुने भएकाले तत्काल ब्यवस्थापन हुनुपर्ने, अस्पताल भित्र विद्युत लाईन गएको वेलापनि सेवा अवरुद्ध नगरी सेवा प्रवाह हुनु पर्ने, प्रयोगशालाका रिपोर्ट तुरुन्त दिनु पर्ने, अस्पताल परिसर भित्र सेनीटाईजर र सावुनपानीको ब्यवस्था हुनु पर्ने, ५० सैयाको अस्पतालको ठेक्का पाएको ठेकेदार कम्पनिले तुरुन्त काम सञ्चालन गर्नु पर्ने, अक्सिजन प्लान्ट जडानमा भएको ढिलासुस्ति लागी छिटो संचालन गर्नु पर्ने लगायतका मागहरु अस्पताल सँग राख्नु भएको छ । जवाफमा जिल्ला अस्पताल दार्चुलाले एक हप्ता भित्र सवै समस्या सामाधान हुने कुरा वताएको छ ।

त्यस्तै जिल्ला अस्पताल दार्चुलामा रहेको दरवन्दि अनुसार कर्मचारीहरु नभएको भेट्टिएको छ । २३ जनाको दरवन्दि रहेको कार्यालयमा २० मात्रै कर्मचारी रहेका छन । वाकि ३ पद रिक्त रहेका छन् । यसमा पनि ९ जना कार्यालय सहयोगी र वाकी ११ जना मध्यम र उच्च कर्मचारी रहेका छन् । अहिले जिल्ला अस्पतालमा ७६ जना कर्मचारी मध्ये २३ जना दरवन्दी ११ जना अस्पतालको निजि स्रोत, ६ जना महाकाली नगरपालिका, एन एस आई वाट ३ जना, प्रदेश सरकार अनुदानवाट २४ जना संघवाट ४ जना कोभिड अनुदान ५ जना रहेका छन् जसमा पनि कार्यालय सहयोगीहरुको नै वढि संख्या रहेको छ ।
मध्यम र उच्च जनशक्तिको दरवन्दी नभएकोले सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी पठाईने र सम्वोधन गरिने अस्पतालका प्रशासन प्रमुख डागाले वताए । यो साउन देखी प्रयोगशालाको शुल्क ठिक दोब्बर भएको छ । के कति कारणले शुल्क वढ्यो अस्पताल स्रोतले जवाफ दिएको छैन् । जिल्ला अस्पतालमा ७० प्रकारका औषधि पाईने तर अहिले अस्पताल सँग थोरै मात्र औषधि रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय