काठमाडौँ — आगामी निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत १० दलका शीर्ष नेताहरू सहभागी छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार छलफलमा राष्ट्रिय मान्यता प्राप्त दलसँगै निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू पनि उपस्थित छन्। सहभागीमध्ये नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली, माओवादीबाट वर्षमान पुन र पम्फा भुसाललगायतका नेताहरू रहेका छन्।
