दार्चुला: मिति २०८२ कार्तिक १३ गते नेपाली काङ्ग्रेस अपिहिमाल गाउँपालिका सभापति शोभन सिह लोथ्यालले आफ्नो निर्माण सेवा फर्मबाट योजनाको फर्जी बिल बनाएर रकम भुक्तानी लिने प्रयास गरेको आरोप लगाउदै स्थानीय धिरज बिष्टले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेखि नागरिक पाना अन्लाईनमा समाचार समेत प्रकाशन गरेपछि स्थानीय धिरज बिष्टको स्टाटस र पाना अन्लाईनले प्रकाशन गरेको समाचारको बिषयमा आपत्ती जनाउदै आफू माथी लागेको आरोप झुठो तथ्य र प्रमाणहिन भएकोले राजनीतिक प्रतिशोध र पुर्वाग्रह राखेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको नेपाली काङ्ग्रेस अपिहिमाल गाउँपालिका सभापति शोभन सिह लोथ्यालले बताए । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै काङ्ग्रेस अपिहिमाल गा.पा सभापति लोथ्यालले आफू माथी लागेको झुठो र भ्रामक आरोपको खण्डन गरेका छन् ।
यस्तो छ सभापति लोथ्यालले लेखेको स्टाटस ।
मिति 2082/7/ 13 गते dhiraj bist नामक फेसबुक आइडि र नागरिक पाना नामक अनलाइन पत्रीकाले मेरो र लोथ्याल निर्माण सेवा फर्मले योजनाको फर्जि बिल बनाएर रकम भुक्तानी लिने प्रयास गरेको आरोप लगाएर समाचार प्रकाशित गरेकोमा मेरो फर्म वा कम्पनिको अपि हिमाल गा पा मा कुनै पनि ठेक्काको काम नगरेको र कुनै पनि उपभोक्ता समितिमा सग्लग्न नभएको जानकारि गराउदै मेरो नाम पद जोडि चरीत्र हत्या गर्ने र फर्म को बदिनाम गर्ने उद्देश्यले प्रकाशित समाचार र पत्रीका प्रति मेरो ध्यानाकर्षण भएको छ। पत्रकारिता राज्यको चौथो अङ्ग हो। सत्य तथ्यपरक सुचना संकलन गरि निस्पक्ष रुपमा अनियमितता ,भ्रष्टाचार ,समाजिक बिकृति र बिसङगति , विरुद्ध खबरदारी गर्ने ,नागरिक अधिकारका विषयमा अवाज उठाउन पत्रकारहरू उत्तरदायी, सम्मानजनक र पारदर्शी भएर आफ्ना दर्शक, श्रोता, पाठकहरूसँग नैतिकरूपमा संलग्न हुनु पर्दछ । श्रोता र सरोकारहरूलाई सम्बोधन गर्नुपर्छ, प्राप्त गरेको सूचना बारे सम्बन्धित निकाय र सरोकारवाला सङ्ग बुझेर मात्र प्रकाशित गर्नु पर्दछ।गल्तीहरू भए तुरुन्तै सच्याउनुपर्छ र प्रतिक्रिया र संवादको लागि अवसरहरू प्रदान गर्नुपर्छ।पत्राकारिताको मूल मर्म र जगमा टेकेर सिद्धान्ततः पत्रकारिता पेसा अवलम्बन गरेका पत्रकारबाट नै पत्रकारिता बचाउन सकिन्छ । स्थानीय तहदेखि संघीय गणराज्यमा भइरहेको चरम विकृति र विसंगतिलाई पत्रकारिताको असल अभ्यासबाट परास्त गर्नुको सट्टा समाजमा आपसी सद्भाव भड्काउने ,तथ्यहिन समाचार सम्प्रेषण गरि चरीत्र हत्या गर्ने जस्ता चरम बिकृति फैलाउने पत्रकार र पत्रीकालाइ कानुनि दायरा भित्र ल्याउन जरुरि छ। गलत समचार प्राकासित गर्ने पत्रिका र गलत पोस्ट गर्ने धिरज बिस्ट नामक फेसबुक आइडि भएको ब्याक्तिले समय मै नसच्याएमा कानुनि उपचारमा लाग्ने जानकारी समेत गराउछु।
