दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको हो ।
कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ । कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले नगरपालिकासँग थप कागजात माग गरेको छ ।

यस्तै शैल्यशिखर नगरपालिका ३ स्थित लटिनाथ मावि दर्माको ३८ लाख २९ हजार रुपैयाँ लागतको भवन निमार्ण कार्यक्रमको सम्झौता, लागत अनुमान, नापी किताबलगायत पनि पठाउन अख्तियारले पत्राचार गरेको छ ।
