दार्चुला । दार्चुलामा १० जुवाडे पक्राउ परेका छन् । जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिका ४ बाङ्गबगरबाट जुवा खेलिरहेको अवस्थामा शुक्रबार प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

बांगाबगरस्थित गणेश सिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका नौगाड गाउँपालिका(६ का गगन धामी, नौगाड गाउँपालिका(४ का जय सिंह धामी, कमल सिंह धामी, कमल सिंह ठगुन्ना, महाकाली नगरपालिका ४ का जनक लुहार, अरबिन बुढाथोकी, महाकाली नगरपालिका(१ का मान सिंह कार्की र दुहुँ गाउँपालिका(५ का देवराम पार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विशेष सूचनाका आधारमा बुढाथोकीको घरमा छापा हान्दा जुवा खेलिरहेका १० जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट नगद ४३ हजार ५६८ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय