दार्चुला। मार्मा गाउँपालिका वडा नम्बर १ र २ को चालु आव२०७९/८० को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मार्मा गाउँपालिकाको आयोजना तथा गतिशील नेपाल व्यक्तित्व विकासको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

आइतबार दुबै वडापालिकाको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम र द्वितीय चौमासिक को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।

वडा नम्बर १ ले १ सय ८४ जना गैर दलित जेष्ठ नागरीक, ११ जना दलित जेष्ठ नागरिक, ८ जना पूर्ण अपाङ्ग, १५ जना आशिंक अपागं, १८ विधुवा महिला, ३५ जना एकल महिला तथा ४४ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सचीव गौंर सिंह महरले जानकारी दिए ।

यस्तै मार्मा गाउँपालिका वडा नं ०२ ले पहिलो र दोस्रो चौमासिकको अवधिमा १३७ जनाको जन्मदर्ता, १७ जनाको मृत्यु दर्ता, ३० जोडीको विवाह दर्ता र ३७ जनाले बसाइँसराइ गरेको जनाइएको छ । वडापालिकाले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको अवधिमा १ लाख ३९ हजार ४ सय ८६ रुपैयाँ राजश्व संकलन गरिएको वडा सचिव अमर सिंह कोट्टारीले बताएका छन्।

वडा नम्बर १ का अध्यक्ष कालू सिंह ठगुन्नाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा १ जनाले प्रश्न राख्नु भएको थियोे भने वडा नं २ का अध्यक्ष अमर विष्टको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रम मा ३५ जना को सहभागिता रहेको थियो भने ३ जनाले प्रश्न राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय