दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ५ र ६ को चालु आर्थिक बर्ष २०७९/८० को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मंगलबार मार्मा गाउँपालिकाको आयोजना तथा गतिशील नेपाल व्यक्तित्व विकासको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वडा नम्बर ५ ले पहिलो र दोस्रो चौमासिकमा ६० जना गैर दलित जेष्ठ नागरीक, ७ जना दलित जेष्ठ नागरिक, २० जना पूर्ण अपाङ्ग, २२ जना आशिंक अपागं, १३ विधुवा महिला, १६ जना एकल महिला तथा २४ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सचीव सुरेश सिह धामीले जानकारी दिए । पञ्जिकरण अन्तर्गत पहिलो र दोस्रो चौमासिकको अवधिमा ८८ जनाको जन्मदर्ता, १७ जनाको मृत्यु दर्ता, ३३ जोडीले विवाह दर्ता गरेको जनाइएको छ ।

त्यस्तै वडा नम्बर ६ ले १ सय ८ जना गैर दलित जेष्ठ नागरीक, ५ जना पूर्ण अपाङ्ग, १० जना आशिंक अपागं, ४० विधुवा महिला, १२ जना एकल महिला तथा ७ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सचीव मोहन सिह बिष्टले जानकारी दिए ।

पञ्जिकरण अन्तर्गत पहिलो र दोस्रो चौमासिकको अवधिमा ५० जनाको जन्मदर्ता, ८ जनाको मृत्यु दर्ता, २४ जोडीको विवाह दर्ता र ४ जनाले बसाइँसराइ गरेको जनाएको छ । वडापालिकाले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको अवधिमा ५५ हजार १ सय ६० रुपैयाँ राजश्व संकलन गरिएको वडा सचिव बिष्टले जानकारी दिए ।

वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष हरक सिह महताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ३ जनाले सुझाव राखेका थियोे भने वडा नम्बर ६ का अध्यक्ष सन्तोष सिह कोट्टारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३० जनाको उपस्तिथि रहेको थियो । कार्यक्रममा ३ जनाले सुझाव राखेका थिए ।

भोलि अर्थात चैत २९ गते मार्मा गाउँपालिकाको सार्बजनिक सुनुवाइ हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय