दार्चुला । मार्मा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८९/०८० को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मार्मा गाउँपालिकाको आयोजना तथा गतिशील नेपाल व्यक्तित्व विकासको सहजीकरणमा गाउँपालिकाका सम्पूर्ण वडा लगायत पालिकाको सार्बजनिक सुनुवाइ गरिएको हो ।
बुधबार पालिकाको सार्बजनिक सुनुवाइ गरिएको हो ।
पालिकाले ७ सय ९५ जना गैर दलित जेष्ठ नागरीक, ४७ जना दलित जेष्ठ नागरिक, ५४ जना पूर्ण अपाङ्ग, ५६ जना आशिंक अपागं, १ सय ५९ विधुवा महिला, ९४ जना एकल महिला तथा १ सय ६१ बालवालिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कुमार रानाले जानकारी दिए ।
पहिलो र दोस्रो चौमासिकको अवधिमा ६ सय १७ जनाको जन्मदर्ता, १ सय १० जनाको मृत्यु दर्ता, १ सय ८९ जोडीको विवाह दर्ता, सम्बन्ध बिच्छेद १ जोडि,बसाइँसराइ ७ घरधुरी पालिकामा अन्यत्र बाट आएर बसेको र ९ घरधुरीले अन्य ठाउँ बसाइँसराइ गरेको जनाइएको छ । पालिकाले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको अवधीमा २९ लाख ४९ हजार ८ सय ८६ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष शर्मिला कुमारी चन्द सिहको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका प्रवक्ता धिरेन्द्र सिह धामी, ६ वटै वडाका जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कुमार राना , कार्यालयका कर्मचारी, राजनीति दल, विभिन्न बिद्यालयका प्रधानाध्यापक लगायत सरोकारवाला निकायका ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ५ जनाले आफ्ना सुझाव, सल्लाह र प्रश्न राखेका थिए ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय