दार्चुला । जिल्लाको लेकम गाउँपालिकामा कार्यपालिका बैठक चलिरहदा आफुहरुलाई बैठकमा प्रवेश नदिएको वडा नम्बर २ र ४ का अध्यक्षहरुले आरोप लगाएका छन् । कार्यपालिका बैठक चलिरहेको अवस्थामा आफुहरुलाई पालिका अध्यक्ष रामदत्त जोशीको निर्देशनमा प्रहरी परिचालन गरि बैठकमा प्रवेश गर्न नदिएको उनिहरुले आरोप लगाएका छन् । बैठकमा गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी र वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्रराज जोशीलाई प्रवेश नदिएको बताइएको छ ।

‘भित्र कार्यपालिका बैठक चलिरहेको छ, हामीलाई भित्र प्रवेशमा रोक लगाइएकाले बाहिर बसेको वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्रराज जोशीले वताए । भित्र पस्न खोज्दा प्रहरीले रोकेको उनले बताए । साथै उहाले आफ्नो फेसबुक अकाउन्ट मार्फत धन्य लेकम हामी के गरिरहेका छु र के गर्ने हो कसैले बुझेका छुत यस्तो भयो भने भाबि पुस्ता ले के भन्ला डर त यसमा छ समय आउछ पर्खदैन निजि बिचार मात्र लेखेका छन् ।

यता गाउँपालिका अध्यक्ष रामदत्त जोशीले गाउँपालिकाको कार्यसम्पादन खासै नभएको र नयाँ कार्यकारी ल्याउने विषयको निर्णयमा उहाँहरुको असहमति रहेको तथा उक्त निर्णय सच्याउनु पर्ने माग रहेको बताए । बैठकमा बस्न उहाँहरुलाई कुनै खालको बाधा नभएको पनि गाउँपालिका अध्यक्ष जोशीले बताए । हाल लेकम गाउँपालिकामा नयाँ कार्यकारी आएर कार्यसम्पादन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय