कैलाली। मानविय सेवामा अनेकौं प्रयास संस्थाकाले कैलालीमा किटनाशक झुल वितरण गरेको छ । जिल्लाको कैलारी गाउँपालिकाको तीन वडामा किटनाशक झुल वितरण मानविय सेवामा अनेकौं प्रयासका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । गाउँपालिकाको सहकार्यमा वडा नम्बर १, ३ र ४ मा किटनाशक झुल वितरण गरिएको हो।
वडा नम्बर ४ को गाउँबाट सुरुवात गरिएको झुल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरी सहभागि रहेका थिए।

मानविय सेवामा अनेकौ प्रयासको सिएआर–२२ परियोजना अन्र्तगत १५ सय घरधुरीमा ४ हजार ५ सय ५ वटा झुल वितरण गरिएको छ। सुकुम्बासी, विपन्न, दलित तथा एकल महिलाहरुलाई झुल वितरण गरिएको हो।
