दार्चुला । जिल्लाको दुहु गाउँपालिकामा निर्माण सम्पन्न भएको नेपालकै दोस्रो लामो झोलुङगे पुल वन्द हुँदा स्थानिय जोखिम मोलेर यात्रा गरिरहेका छन ।

शुक्रवार विहानै देखी स्थानिय श्रमिकहरुले आफुहरुले पुल निर्माणको समयमा ज्याँला मजदुरी गरेवाफतको पाउनु पर्ने ज्याँला नपाएको भन्दै पुल वन्द गरेका हुन ।

पुलको दुवै तर्फ जस्तापाता, काडेतार लगायतले वेर लगाएपछि आईतवार विहान स्थानियहरु वेरमाथि चडेर जोखिमपुर्ण यात्रा गरिरहेका तस्विरहरु सामाजिक संञ्जाल फेसवुकमा भाईर भएका थिए । तर पछि स्थानिय श्रमिकहरुलाई थाहाँ नगरी स्थानिय यात्रुहरुले तारवार फुकालेर यात्रा गर्नु थालेका छन । आफुहरुले श्रम गरे वाफतको ज्याँला नपाए सम्म अन्दोलन गरी रहेने स्थानिय श्रमिक राजेन्द्र जोशीले वताए ।

यता निर्माण ब्यवसायी सँग पटक पटक फोन सम्पर्क गर्दा निर्माण ब्यवसायी र सम्वन्धित कम्पनिका सुकुरभाईजरको फोन अफ भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । पुलको लोड टेस्ट लगायत पालिकालाई हस्तान्तरणको कार्य नभएकाले पुलमा वैद्यानीक तवरबाट ओहोरदोहोरको समेत अनुमति नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय