दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्वर ३ का एक जना शिक्षक अत्तरियाको होटेलमा मृत फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा ४० बर्षिय शिक्षक मोहनसिंह डडाल मृत फेला परेका हुन् ।

उनी उक्त होटलमा बैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा बैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका प्रहरीले जनाएको छ ।

उनको शव शौचालयको शावरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनी ब्याँस ३ मा रहेको शिद्ध माध्यामिक बिद्यालयमा कार्यरत शिक्षक हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय