दार्चुला । जिल्ला सहकारी सघं दार्चुलाको आयोजनामा सहकारी लेखापालन वित्तिय विश्लेषण तालिम सुरु भएको छ ।  शनिबार जिल्ला सहकारी संघ दार्चुलाका अध्यक्ष धनराज जोशीको अध्यक्षता एवम जिल्ला समन्वय समिति प्रमुख महादेब बडू कश्यपको प्रमुख आर्थित्यतामा लेखापालन वित्तिय विश्लेषण तालिमको उद्घाटन गरिएको दार्चुला जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम बल्लभ जोशीले जानकारी दिए ।
सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढी कैलाली र जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाको साझेदारीमा ५ दिने तालिमको उद्घाटन गरिएको जोशीले बताए । तालिममा जिल्लाभरका २५ वटा सहकारीका २५ जना प्रतिनिधिको सहभागिता रहेको छ ।
कार्यक्रममा सुभकामना मन्तब्य राख्दै दार्चुला जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम बल्लभ जोशीले समय सापेक्ष नयाँ ऐन, नयाँ प्रविधि र प्रणालीको विकास भइरहेकाले अब सहकारीकर्मीले पनि समय सापेक्ष आँफु र आफ्नो संस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समिति प्रमुख महादेब बडु कश्यपले स्थानीय तहबाट सहकारी संस्थाहरुलाई आर्थिक भौतिक क्षेत्रमा सक्षम बनाउनुपर्ने तथा आफनो तर्फबाट हुने साथ सहयोग निरन्तर रुपमा गरिरहने बताए ।
शनिबार देखि अगामी बुधबार सम्म संञ्चालन हुने तालिममा सहकारी लेखापालन सम्बन्धि विषयको जानकारी गराइने छ ।
हाल जिल्लाका नौ वटा स्थानीयमा १२९ वटा सहकारी संस्थाहरु रहेका छन । जसमध्ये सबै भन्दा बढि जिल्लाको शैल्यशिखर नगरपालिकामा २४ वटा सहकारी संस्थाहरु रहेका छन भने सबै भन्दा कम जिल्लाको अपि हिमाल गाउँपालिकामा ५ वटा सहकारी संस्थाहरु रहेका छन ।
जिल्ला सहकारी संघमा आबद्ध सहकारी संस्थाको संख्या हाल ६२ वटा रहेको छ । यस्तै बचत तथा ऋण सहकारी संघमा २९ वटा सहकारी संस्थाहरु आबद्ध रहेको जिल्ला सहकारी संघ दार्चुलाका अध्यक्ष धनराज जोशीले जानकारी दिए । तालिम पश्चात सहजकर्ताहरुले सम्बन्धित सहकारी संस्थाको अनुगमन निरीक्षण गर्ने जनाएको छ ।
जिल्ला सदरमुकाम क्षेत्रको भावना सभाहलमा संचालन भइरहेको तालिममा उद्घाटन सत्रको कार्यक्रम संञ्चालन जिल्ला सहकारी संघ दार्चुलाका सचिव श्याम सिह सामन्तले  गर्नु भएको थियो  भने स्वागत मन्तव्य सुक्लावती बुढाथोकीले राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय