दार्चुला  । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ स्थितको देउथली स्वास्थ्य इकाई केन्द्रमा १ महिनादेखि ताला ठोकिएको छ । नगरपालिकाले विगत ४ वर्षदेखि केन्दमा कार्यरत जग्गादातासमेत रहेका कार्यालय सहयोगी मोहन देव जोशीलाई हटाएपछि गत चैत २ गतेदेखि स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी गरिएको हो ।

नगरपालीका राजनैतिक पुर्वाग्रह राखी कार्यरत कर्मचारीलाई हटाए पछि स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी गरिएको लामो समय सम्म पनि नगरपालिकाले बेवास्ता गरेको छ ।  स्वास्थ्य इकाई केन्द्र बन्द हुदा स्थानीय समस्यामा परेका छन। स्वास्थ  जस्तो सम्वेदनशिल क्षेत्रमा समेत नगरपालिकाका जनप्रतिनिधिले राजनीती गर्दा स्थानीय स्वास्थ्य सेवा पाउन बाट बञ्चीत भएका छन ।

नगरपालिकाका जनप्रतिनिधि आफ्ना कार्यक्रता व्यवस्थापन गर्न स्थानीय नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको स्थानीयको आरोप छ । नगरपालिकाले सेवा सुविधा सुधार गर्नुको साटो झन समस्या शिर्जना गरिरहेको छ। कार्यालयमा कार्यरत कर्मचारीलाई हटाएर स्वास्थ्य इकाई केन्द्र बन्द हुदा समेत जनप्रतिनिधिले ध्यान नदिएको स्थानीयको भनाई छ । नगरपालिकाले स्वास्थ्य इकाई केन्द्रमा २ जना कार्यालय सहयोगी, एक जना स्वीपर राखेको छ, भने स्वाथ्यीकर्मी एक जना मात्रै रहेका छन ।

स्वास्थ्य केन्द्रलाई जनताको सेवा भन्दा पनि नगरपालिकाले कार्यक्रता भर्ती केन्द्र बनाएको स्थानीय मोहन देव जोशीले बताए । एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगीको स्वीकृत दरबन्दी रहेको स्वाथ्य केन्द्रमा अहिले नगरपालिकाले एक जना अनमी, दुई जना कार्यालय सहयोगी र एक जना स्वीपर नियुक्त गरेको जोशीले बताए।

तर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शिवराज जोशीले भने स्वास्थ्य इकाई केन्द्रमा एक जना अनमी र २ जना कार्यालय सहयोगी कार्यरत रहेको बताए । स्वास्थ्य इकाई केन्द्रमा कार्यरत अहेव अहिले बन्तोली आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत रहेको उनले  बताए । स्वास्थ्य केन्द्रको समस्या समाधानका लागी वडा अध्यक्षसंग समन्वय गरी विवाद समाधान गर्ने प्रयास गरिहेको पनि जानकारी दिए ।

स्वास्थ्य ईकाइ केन्द्र बन्द हुँदा अहिले खोप लगायतका अत्यावश्यकीय सेवा नजिकै रहेको विद्यालयमा संचालन भइरहेका छन । यस्तै वडाअध्यक्ष पुष्पराज जोशीले स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी भएपछि जग्गादाताको समस्याको विषयलाई आफूले कार्यपालिका बैठकमा उठाएको बताए ।

स्वास्थ्य इकाई बन्द हुँदा स्वास्थ्य सेवा पाउन नसकेको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय