अंकित कुँवर, धनगढी । पछिल्लो समय सुदुरपश्चिमका पहाडी जिल्लाका दुर्गम गाउँबस्तीहरु पातलिन थालेका छन् । खासगरी रोजगारीका लागि बढिजसो युवाहरु गाउँ बाहिर जान थालेका छन् ।
पहाडी जिल्लाहरुबाट पढाई गर्न तराईका जिल्ला कैलाली र कंञ्चनपुर आउने क्रम बढेसंगै पहाडका गाउँ पातलिन थालेका हुन् ।

ग्रामीण भेगमा रोजगारीको अवसर नहुँदा आफ्नो रोजिरोटी चलाउन गाउँ छोड्नेको संख्या बढ्दै गएको हो । सेवा सुविधाको खोजीमा तराई पस्नेको संख्या बृद्धि हुँदा गाउँबस्तीका खोँचहरु पातलिन थालेका हुन् ।
दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०६ को मसिनी, पौनेखोलाका गाउँहरुमा करिब डेढ दशक अघि एकदमै बाक्लो बस्ती रहेको थियो । यी गाउँ ठाउँका स्थानीयहरु बसाइँ सारेर तराईका जिल्ला कैलाली कंञ्चनपुर आउन थालेपछि गाउँहरु रित्तिए ।
तराईको जस्तो सुबिधा सम्पन्न गाउँ पहाडमा नभएकै कारण घर छोडेर तराई आउन थालेपछि गाउँ बस्तीहरु रित्तिन थालेको डोटीका स्थानिय कुबेर खड्काले बताए ।
पुर्खाहरुले बनाएका घर छोडेर तराई तथा बजारिकरण भएका ठाउँहरुमा बसाई सराई हुँदा गाउँका खाली घरहरू पनि जिर्ण अवस्थामा पुगेका बझाडका स्थानिय ईन्द्र धामीले बताए ।
बैतडीको डिलाशैनी गाउँपालिका हरीनगर, खेती, सेटीगाउँ लगायतका दर्जनौँ गाउँहरु रित्तिन थालेका छन् । कोही पढाईको सिलसिलामा तराई झरे त कोही रोनगारीको सिलसिलामा भारतका बिभिन्न ठाउँहरु दिल्ली, बेड्लोर, पिथौरागढ लगायतका बिभिन्न ठाउँमा गएका स्थानिय पबित्रा धामीले बताईन् ।
स्थानीय स्तरमा रोजगारी नहुँदा र स्रोतहरू पहिल्याउन नसक्दा युवाहरू बिदेसिने क्रम बढ्दै गएको छ । विदेशबाट केही अंश कमाएको पैसा र गाउँको पुर्खौली सम्पत्ति बेचेर सुविधाका लागि केही मानिसहरू सहर पस्ने गर्दछन् । यसले सहरमा जनसंख्याको चाप बढ्दै गरेको र गाउँहरू रित्तिन थालेका छन् ।
डडेल्धुरा जिललाका धेरै ठाउँहरुबाट पनि मानिसहरु आफ्नो जिपिकोजार्जन गर्न तथा पढाई गर्न तराईका जिल्ला कैलाली र कंञ्चनपुर आउने गर्दछन् । जिल्लाको नवदुर्गा गाउँपालिका वडानम्बर २ का स्थानिय हाल कैलालीको धनगढी उपमहानगपालिका वडा नम्बर ३ बिशालनगरमा आफ्नो जिपिकोपार्जन गर्न र छोराछोरीहरुलाई पढाउन यहाँ बसेका छन् ।
उनी भन्छन् ‘करिब एक दशक पहिला हाम्रो गाउँघरतिर एकदमै बाक्लो गाउँ समाज थियो अहिलेको अवस्थामा कोही रोजगारीको सिलशिलामा भारतका बिभिन्न ठाउँहरुतिर त कोही आफ्ना बालबलिकाहरुलाई गुणस्तरिय शिक्षा दिलाउन तथा सुबिधासम्पन्न ठाउँ मानिने कैलाली र कंञ्चनपुर आएकै कारण आजकाल त्यहाँका गाउँहरुमा युवाहरु त के बुढापाखाहरु पनि बसाई सर्दछन्
सरकारी जागिर भएका र कलिलो उमेरमै गाउँबाहिर कमाउन गएकाहरु ल्गायत गाउँबस्नेहरुलाई समेत गाउँभन्दा सहर सुविधाले अगाडि भएपछि सहर केन्द्रित बसाइ बढ्दै गएको अनुमान छ ।
सुदुरपश्चिमका कैलाली, कंञ्चनपुर, दार्चुला र बैतडी गरि यी चार जिल्लाहरु छिमेकीमुलुक भारत संग सिमानाका जोडिएको हुनाले पनि रोजगारीको सिलशिलामा भारत जानेहरुको संख्या पनि बढेको अनुमान छ । भारतबाट पैसा कमाएर तराईमा जमिन खरिद गरेर पूरै परिवार तराई झर्ने गरेका छन् ।
गाउँमा बिकासका पुर्वाधारहरु खासगरी विद्यालय र स्वास्थ्य उपचारको समस्या हुने गर्दछ । खानेपानीको चरम समस्या र सेवा सुविधाबाट टाढिँदै गएपछि बसाईसराइको ओईरो नै छ ।
सुदुरपहाडका खासगरी ग्रामिण भेगका मानिसहरु देखासिखीकै कारणले पनि बसाई सर्ने गर्दछन् । अछामका धेरै बस्तीहरु का मानिसहरु पनि कोही रोजगारीको लागी त कोही पढाईको सिलसिलामा तराई तिर झरेका छन् । जिललाको साँफेबगर नगरपालिका वडानम्बर ५ जानकी खड्काका अनुसार ग्रामीण भेगमा खानेपानी, विद्यालय, स्वास्थ्यजस्ता आधारभूत पूर्वाधारमा कमि भएका कारण बसाई सार्नेको ओईरो लागेको भनाई छ ।
सुदुरपहाडका ठाउँ जहाँ बिकासका पुर्वाधारहरु कमै मात्रामा हुने गर्दछन् । त्यहाँका मानिस कैलाली, कञ्चनपुर लगायतका ठाउँमा बसाइँ सर्ने क्रम बढेको छ ।
ग्रामीण भेगमा मानिसले व्यावसायिक उत्पादन गर्न वस्तु बिक्री गर्ने बजारीकरण नहुनु वा टाढा हुनु, विद्यालय, भौतिक पूर्वाधारका विकास नहुँदा बसाइँ सर्नेको लहर लागेको बाजुराका स्थानिय कलक बुयालको भनाई छ ।
पहाडी जिललाहरुमा बर्खायाममा पहिरोको समस्या हुन्छ भने तराईका जिल्लाहरुमा डुबानको समस्या हुने गर्दछ ।
तराईका जिल्लाहरुमा कुनै कुनै ठाउँमा बर्खाको समयमा डुबानको समस्या हुने भएकोले पहाडमा बसोबास गर्दे आएका मानिसहरु बर्खाको समयमा आफुले किन्ने जमिन (जग्गा) हेरेर मात्र किन्ने गरेको कैलालीका स्थानीयहरु बताउँछन् ।
गाउँमा हुने जात्रा, मेला, महोत्सव चाडवाडमा समेत आफन्तहरूलाई भेट्न पनि नसकिने समस्या छ ।
बसाई सराई भनेको के हो ?
बसाई सराई दुई प्रकारका हुन्छन् । आन्तरिक बसाईं सराई र बाह्य बसाईं सराई । खासगरी सुदुरपश्चिममा देखासिखीकै आधारमा पनि आन्तरिक बसाईं सराई गर्नै गर्दछन् । एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको भौगोलिक चाल हो । निशचित भौगोलिक वा राजनितिक एकाइकबाट अर्को भौगोलिक वा राजनितिक एकाईमा बासस्थान परिबर्तन गरेर हुने मानिसहरूको भौगोलिक चाललाई बसाइसराईकोे खास परिचय मानिन्छ ।
मानव बसाईँ सराई एक प्रकारको निरन्तर चलिरहने प्रकृया हो । बसाइँ सराई दुई प्रकारका हुन्छन् । त्यसैगरी यसलाई स्थायी बसाई सराई र अस्थायी बसाई सराई गरी छुट्याउन सकिन्छ । आन्तरिक वसाईं देशभित्रको वसाईं सराई हो भने बाह्य बसाईं सराई देश बाहिर वसाईं सर्ने प्रकृया हो ।
