दार्चुला । जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरुको भोइलुममा हिमपहिरो गएको छ । हिमपहिरामा केही व्यक्ति पुरिएको आशङ्काकाे आधारमा सीता पुल प्रहरी र सशस्त्र प्रहरीको टोलि खोजी कार्य गर्न उक्त ठाउँ जान लागेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले उज्यालोलाई जानकारी दिए ।
भोइलुममा सात/आठ जना व्यक्ति यार्सागुम्बा टिप्न गएको र टेन्टमा बसेको खबर प्राप्त भएको तर उनीहरू हिमपहिरोमा परे/नपरेको यकिन नभएको बुझिएको छ । व्यास–१ मै रहेको सितापुल प्रहरी र सशस्त्र प्रहरी चौकीबाट २५ जनाको टोली घटनास्थलतर्फ गएको र उनीहरू पुगेपछि बेलुका थप बिवरण आउने प्रहरीले जनाएको छ ।
