कैलाली । कैलालीको भासु भिरमा ट्रक दुर्घटना भएको छ । दार्चुलाबाट धनगढी आउदै गरेको खाली ग्यास खाली ग्यास सिलिण्डर बोकेको मालबाहक ट्रक भासु भिरमा दुर्घटना भएको हो ।

कैलालीको चुरे गाउँपालिका–५ खानीडाडास्थित भासु भिरमा ७,८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० आइसर कम्पनीको ट्रक दुर्घटनामा परेको हो ।

गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खाली सिलिन्डर पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको ट्रक रहेको प्रहरीले जनाएको छ । विष्ट लटिनाथ मार्केटिङ फर्मका सञ्चालक समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय