दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ स्थित हुम्दुङती स्थित पाटनमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

शनिबार राती ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त हुनासाथ अस्थाइ प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको थियोे ।

चट्याङ लागेर दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोहीँ गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आन सिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

घाईतेहरुको उद्धारका लागि दुहुँ गाउँपालिका बाट हेलिकप्टर को ब्यवस्था गरिदिन आग्रह सहितको चिट्ठी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाईएको छ । जिल्ला प्रशासन कार्यालय बाट गृहमन्त्रालयलाइ पत्राचार भैसकेको र साझ सम्म उद्दारका लागि हेलिकप्टर दार्चुलाको हुम्दुम्ती आउने दार्चुलाका प्रमुख जिल्ला अधिकार किरण जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय