दार्चुला । शनिबार राती व्याँस गाउँपालिका–२ हुम्दुङतीमा चट्याङ लागेर घाइते भएका यार्सा संकलकको उद्धारमा गएको हेलिकप्टर प्रतिकुल मौसमका कारण उद्धार गर्न नसकी फर्किएको छ । सोमवार दिउँसो घाइतेहरुको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुलताका कारण जिल्ला सदरमुकाम खलंगा फिर्ता भएको हो ।

शनिवार राती ८ बजेतिर परेको चट्याङले जिल्लाको दुहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका वडा नम्बर १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए । उनीहरु आज हुम्दुङती भन्दा ४ किलोमिटर तल आएको बताइएको छ ।

मौसम प्रतिकुलताका कारण हेलिकप्टर घटनास्थल जान नसकी फर्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । फर्किएको हेलिकप्टर जिल्लास्थित गुरुगोरख गुल्ममा रहेको तथा सम्भव भए आजै नभए (भोलि) मंगलवार विहान पुनः उद्धारका लागि घटनास्थलतर्फ पठाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय