कैलाली । भण्डाफोर पत्रकारिता पुरस्कार २०८० धनगढीका पत्रकार शेर बहादुर ऐर लाई प्रदान गरिएको छ ।
भण्डाफोर शिल्पी प्रकाशन प्रालि द्धारा सञ्चालित भण्डाफोर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा उनलाई पुरस्कार स्वरूप नगद प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान सहित पुरस्कार प्रदान गरिएको हो ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष योगेश रावलले पत्रकारिता पेसाबाट पलायन हुने अवस्थामा भण्डाफोर डटकमले गरेको कार्यक्रमले पत्रकारलाई थप हौसला मिलेको बताए ।
भण्डाफोर डटकमका सम्पादक हिमेश विकले पत्रकार ऐरको आफ्नो लगन र मेहनतकै कारण वर्ष पुरस्कार पाउन सफल भएको बताए ।
पत्रकार ऐरले विगत १२ वर्षदेखि पत्रकारिता गर्दे आएका छन् । उनले खासगरी स्वास्थ्य तथा वातावरण तथा सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
पत्रकार ऐर धनगढी खबरका समाचार सम्पादक समेत हुन् ।
