कैलाली । बुहारी र नातिनीसहित आइतवार धनगढी आइपुगेका पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम गरिएको छ। सोमवार (आज) धनगढी रङ्गशालामा नागरिकहरुले अभिनन्दन गरेका हुन् ।

राजपरिवारलाई अभिनन्दन गर्न पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन समेत गरिएको थियो । जेठ ६ गते कार्यक्रम तय भए पनि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने भनपछि अभिनन्दन कार्यक्रम सारिएको थियो ।

पूर्व राजा शाहले मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दे उनले भने,- वर्तमान युग प्रविधि र तीव्र विकासको युग भए पनि नेपाल र नेपालीले त्यो अनुभव गर्न पाईएको छैन, स्रोत साधन र सामर्थ्यद्वारा युग अनुकुल परिवर्तन र विकास गर्न सम्भव भए पनि त्यो हुन नसक्नु मुलुक र जनताका लागि दुर्भाग्यको विषय हो । सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ । नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ ।

पूर्वराजा शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका थि।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय