दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा ग्यास लिक भइ आगलागी हुदा जलेर घाइते भएका नौगाड गाउपालिका ३ जामिर बस्ने अन्दाजी ८० वर्षका अमर सिंह ठगुन्नाको मृत्यु भएको छ। ठगुन्नालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। आज दिउँसो २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको गोकुलेश्वर अस्पतालबाट काठमाडौं लैजादै गर्दा नेपालगन्ज नपुग्दै मृत्यु भएको खबर प्राप्त भएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिए । ठगुन्ना बुधबार बिहान साढे छ बजे ग्यासमा चिया पकाउने क्रममा ग्यास लिग भएर जलेर घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय