दार्चुला : जिल्लामा कबड्डी संघ गठन गरिएको छ । बिहिबार दोश्रो जिल्ला अधिबेशनले डम्बर सिंह खत्रीको अध्यक्षतामा जिल्ला कबड्डी संघ गठन गरेको हो । संघको उपाध्यक्षमा रक्षा घामी, सचिवमा नवीन जोशी र कोषाध्यक्षमा गगन सिंह धामीलाई सर्वसम्मत चयन गरिएको छ । यस्तै सदस्यहरुमा गरीमा बडू, आशा कामी, मोहन जोशी र मुकेश भूल चयन भएका छन् । अखिल नेपाल कबड्डी संघका केन्द्रीय सदस्य कृष्णदेव पन्तको रहोवर तथा जिल्ला खेलकुद विकास समिति दार्चुलाका कार्यालय प्रमुख श्यामराज अवस्थीको समन्वयमा अधिवेशन गरी समिति गठन गरिएको नवनिर्वाचित सचिव नवीन जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय