दार्चुला । नदीमा बगेर दार्चुलामा एक किशोर बेपत्ता भएका छन ।
जिल्लाको महाकाली नगरपालिका– ४ बंगाबगरस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर सोही स्थानका कुबेरसिंह धामीका छोरा अन्दाजी १५ वर्षीय सुदिप धामी बेपत्ता भएका हुन ।

महेन्द्र नमुना माविमा कक्षा १० मा अध्यनरत धामी सोमबार दिउँसो ढाई बजे बगेको प्रहरीले बताएको छ । प्रहरीले धामीको खोजी कार्य जारी रहेको जनाएको छ ।
