दार्चुला । जिल्ला कारागार दार्चुलाबाट तीन जना कैदीबन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा बहूविवाह र सवारी ज्यान मुद्धाका तीन जनाको बाँकी कैद मिनाहा भएपछि रिहा भएका हुन् । मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएको दार्चुला कारागारले जनाएको छ ।
बहूविवाह मुद्दाका दार्चुलाको दुहुँ गाउँपालिका–१ का सुनिल बम र भागरथी चन्द, सवारी ज्यान मुद्दाका धनगढी उपमहानगरपालिका–१ कैलालीका राहुल चौधरीलाई रिहा गरिएको जिल्ला कारागार दार्चुलाका जेलर रामराज पन्तले बताए ।
