दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका ३ मा करेन्ट लागेर एक जना शिक्षकको मृत्युु भएको छ ।
अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत अपिहिमाल(३ मा घर भएका शिक्षक दमन सिंह कार्कीको ३५ वर्षको उमेरमा मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विधुत् मर्मत गरिरहृका थिए । उनको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
